तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ « Khabarhub

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउपर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केहीलाई घरबाट नियन्त्रणमा लिइएको होभने केहीलाई सडकबाट पक्राउ गरिएको हो । सोही घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रवक्ता खड्काले बताए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ४९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक