अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी « Khabarhub

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)समूहविरुद्ध अमेरिकाले ‘घातक हमला’ गरेको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै आईएसलाई ‘आतंकी कचरा’को संज्ञा दिएका छन्। उनले उक्त समूहले मुख्यतः निर्दोष ईसाइहरूलाई लक्षित गरी निर्मम हत्या गर्दै आएको आरोप पनि लगाएका छन्।

उनका अनुसार अमेरिकी सेनाले आईएसका लक्ष्यहरूमा ‘धेरै सटीक आक्रमण’ गरेको छ। तर, कुन स्थानलाई कहिले निशाना बनाइएको हो भन्नेबारे ट्रम्पले थप विवरण खुलाएका छैनन्।

यो आक्रमण कहिले र कुन क्षेत्रमा गरिएको हो भन्ने विषयमा अहिलेसम्म आधिकारिक स्पष्टता आएको छैन।

यसअघि गत नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामी उग्रवादी समूहहरूविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। पछिल्लो पोस्टमा उनले ‘मेरो नेतृत्वमा अमेरिका कट्टर इस्लामी आतंकवादलाई फस्टाउन दिने छैन’ भनेका छन्।

नोभेम्बरमा दिइएको चेतावनीका क्रममा ट्रम्पले कुन घटनालाई आधार मानेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने खुलाएका थिएनन्। यद्यपि पछिल्ला महिनाहरूमा अमेरिकाका केही दक्षिणपन्थी समूहहरूले नाइजेरियामा ईसाइहरूमाथि जनसंहार भइरहेको दाबी गर्दै आएका छन्।

तर, हिंसा अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले भने यस्तो दाबी पुष्टि गर्ने कुनै ठोस प्रमाण नरहेको बताएका छन्। उनीहरूका अनुसार नाइजेरियामा मुसलमान र ईसाइ दुवै समुदायका मानिसहरू समान रूपमा हिंसाको सिकार भइरहेका छन्। नाइजेरियाको जनसङ्ख्या पनि करिब समान अनुपातमा मुस्लिम र ईसाइ समुदायमा विभाजित छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : १८ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो