‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक « Khabarhub

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को पहिलो टिजर सार्वजनिक भएको छ।

मार्वल स्टुडियोले युट्युबमार्फत टिजर सार्वजनिक गरेसँगै विश्वभरका प्रशंसकमा उत्साह थपिएको छ। टिजरमा देखाइएका केही रहस्यमय दृश्य र संकेतले कथाबारे थप जिज्ञासा बढाएको छ।

टिजरको सबैभन्दा ठूलो आकर्षण भनेको क्रिस इभान्सको पुनरागमन हो। ‘क्याप्टेन अमेरिका’ का रूपमा चर्चित इभान्स फेरि स्टिभ रोजर्सकै भूमिकामा फर्किने पुष्टि भएपछि प्रशंसकहरू उत्साहित भएका छन्। लामो समयपछि उनको कमब्याकलाई मार्वल सिनेम्याटिक युनिभर्सको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

यसअघि टिजर निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म ‘अवतार : फायर एण्ड यश’ को प्रदर्शनका क्रममा सीमित दर्शकलाई मात्र देखाइएको थियो। तर सोसल मिडियामा टिजर लिक भएपछि मार्वलले आधिकारिक रूपमा युट्युबमा सार्वजनिक गरेको हो।

मार्वल स्टुडियोको महत्वाकांक्षी परियोजना ‘एभेन्जर्स : डुम्स डे’ आगामी डिसेम्बर १८, २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तय भएको छ। क्रिस इभान्सको पुनरागमनसँगै यो फिल्म मार्वल फ्रेन्चाइजकै सबैभन्दा प्रतीक्षित परियोजनामध्ये एक बनेको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ११ : ०३ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी