सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू « Khabarhub

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्ज पुगेर भेटेका उनले मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीलाई भक्तपुरको गुण्डू पुगेर भेटेका छन् ।

निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले दलहरूका शीर्ष नेताहरूसँगको संवादलाई तीव्र बनाएको छ। उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका खरेलले दलहरूलाई विश्वासमा लिने प्रयास थालेका हुन् ।

खरेलले महाराजगञ्जस्थित निवासमा भेट गरेपछि सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको बताएका थिए। उनले कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको जवाफ खरेललाई दिएका थिए ।
 
सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए।

खरेलले शुक्रबार नै दिउँसो नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निजी निवास खुमलटारमा भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : १४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन