सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू « Khabarhub

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्ज पुगेर भेटेका उनले मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीलाई भक्तपुरको गुण्डू पुगेर भेटेका छन् ।

निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले दलहरूका शीर्ष नेताहरूसँगको संवादलाई तीव्र बनाएको छ। उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका खरेलले दलहरूलाई विश्वासमा लिने प्रयास थालेका हुन् ।

खरेलले महाराजगञ्जस्थित निवासमा भेट गरेपछि सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको बताएका थिए। उनले कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको जवाफ खरेललाई दिएका थिए ।
 
सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए।

खरेलले शुक्रबार नै दिउँसो नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निजी निवास खुमलटारमा भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा