संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उनको अवस्था अन्तर्राष्ट्रिय मापदण्ड भन्दा न्युन रहेको बताएका छन् । 

संयुक्त राष्ट्रका विज्ञले उनलाई शारीरिक र मानसिक अखण्डतामा गम्भीर खतरा निम्त्याउन सक्ने अवस्थामा हिरासतमा राखिएको चेतावनी दिएका छन् भने अधिकारीहरूलाई यथा सिग्र स्थितिलाई सम्बोधन गर्न आग्रह गर्दै संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तको कार्यालय ९ओएचसीएचआर० ले एक विज्ञप्ती जारी गरेको छ । 

‘बुशरा बीबी खानको स्वास्थ्यको रक्षा गर्न र मानवीतासहितको नजरबन्दको अवस्था सुनिश्चित गर्न राज्यको दायित्व भएको यातना सम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक एलिस जिल एडवड्र्सले बताएका ।  

ओएचसीएचआरको प्रेस विज्ञप्ति अनुसार बुशरा बीबी खानलाई एउटा सानो, हावा नआउने कोठामा राखिएको र उक्त स्थानमा कीराहरूलगायतको संक्रमणको डर भएको जनाइएको  छ । उनलाई अशुद्ध पिउने पानी र अत्यधिक खोर्सानी राखेको खाना दिइएको पनि  बताइएको छ ।

उनको अवस्था न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड भन्दा तल रहेको उल्लेख गर्दै एडवड्र्सले  ‘कुनै पनि कैदीलाई अत्यधिक गर्मी, दूषित खाना वा पानी, स्वास्थ्य समस्या बडाउने गरी नजर कन्दमा राख्न नहुने बताएका छन्। 

विशेषज्ञले पाकिस्तानलाई नजरबन्दको अवस्था र स्थानहरूले कैदीहरूको उमेर, लिङ्ग र स्वास्थ्य परिस्थितिलाई ध्यानमा राख्नुपर्ने कुरासमेत सुझाएका छ ।

प्रतिवेदनले बुशरा बीबी खानलाई दिनको २२ घण्टा भन्दा बढीको लागि, व्यायाम, पठन सामग्री, कानुनी सल्लाह, परिवार भ्रमण, वा उनको व्यक्तिगत चिकित्सकहरूको पहुँच बिना प्रायः पूर्ण एकान्तवासमा राखिएको जनाएको छ ।

विशेष प्रतिवेदकले औपचारिक रूपमा बुशरा बीबी खानको अवस्थालाई पाकिस्तान सरकार समक्षा राखी  घटनाक्रमलाई नजिकबाट निगरानी गर्ने जनाउनु भएको छ ।  

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ४९ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ