तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो « Khabarhub

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन तीन ठूला दलका नेतालाई भेटेका छन् ।

शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका खरेलले खुमलटार पुगेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि वार्ता गरे ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ को चुनावका लागि दलहरूलई फकाउन सक्रिय भएका बेला खरेलले यो भेटघाट गरेका हुन् ।

उनले अन्तिममा प्रचण्डलाई भेटेपछि अब फागुन २१ गतेको चुनाव सुनिश्चित भएको प्रतिक्रिया खुमलटारमा दिएका छन् ।

‘प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार चुनावका लागि सक्रिय छ । प्रधानमन्त्रीले पनि राजनीतिक भेटघाट तीव्र बनाउनु भएको छ ।

सर्वपक्षीय र सर्वदलीय संवाद पनि भएको छ’, उनले भने, ‘मुख्य नेताहरूसँग भेटघाट भएको छ । सरकार चुनाव गराउने कुरामा प्रतिबद्ध छ ।

सरकार सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको काममा पनि छ । सरकारले फागुन २१ मा चुनाव गराउँछ ।’

उनले चुनावकै लागि यो वार्ता र छलफल अघि बढाइरहेको बताए । ‘मैले तीनवटा ठूला राजनीतिक दलका नेताहरूलाई भेटेँ । उहाँहरू सबैले हामी चुनावको विरोधी होइनौँ भन्नु भएको छ’, उनले भने, ‘चुनावबाट म्यान्डेट लिएर जानुपर्छ भन्ने कुरामै उहाँहरूको निचोड छ ।’

उनले फागुन २१ गते जसरी पनि चुनाव गराउने प्रधानमन्त्री सुशीला कार्कीको दृढता र चहाना रहेको पनि बताए ।

‘राज्यका निकाहरू निर्वाचन आयोग र सुरक्षा निकाय तयार भएकाले तीन दलका नेतासँगको भेटपछि अब सुनिश्चित भयो भन्ने भएको छ’, उनले भने, ‘तीनै जना नेताहरूको स्पष्ट धारणा छ निर्वाचन हुनुपर्छ भनेर । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेको प्राथमिकता संसद् पुनर्स्थापना होइन भन्नु भएको छ । ’

त्यसैगरी एमाले अध्यक्ष ओलीले सुरक्षाको वातावरण बनाउनुपर्‍यो, निर्वाचनको वातावरण बनाउनु पर्‍यो भनेको उनले बताए ।

‘प्रचण्डले निर्वाचनको विकल्प छैन भन्नु भएको छ। अध्यक्ष ओलीबाट चुनावमा जानुपर्छ, सुरक्षाको वातावरण बनाऊ भन्नु भएको छ। तीनजना नेताको भेटघाटबाट फागुन २१ गते चुनाव सुनिश्चित भएको छ। सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन्। उहाँहरू सबैले फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्नु भएको छ ।’

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ३२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन