रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन « Khabarhub

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नगरसभामा व्यस्त छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपासँग एकताको छलफल चलिरहँदा उनी शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनमा सहभागी छन्।

बुधबार बेलुकादेखि बिहीबारसम्ममा करिब ३० जना जेन-जी, नेता, र विभिन्न शक्तिसँग भेट गरेका उनी शुक्रबार नगरसभाको अधिवेशनमा व्यस्त भएका हुन् ।

वैकल्पिक शक्तिहरूको एकताको चर्चा चलाएर उनले आफ्नो टिमलाई खटाएर नगरसभाको अधिवेशनमा व्यस्त भएका हुन् ।

सचिवालयका अनुसार उनले नगरसभाको अधिवेशन सकिएलगत्तै राजनीतिक भेटघाटलाई गति दिने भएका छन् ।

उनले रास्वपा सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई भेट्न सक्ने छन् ।

‘नगरसभाको अधिवेशनपछि राजनीतिक भेटघाटमा सक्रिय हुने सम्भावाना छ’, बालेननिकट एक सदस्यले भने, ‘लामिछाने र घिसिङसहितसँग सम्भावित सहकार्यका विकल्प र शर्तबारे कुरा हुने सम्भावना छ ।’

पछिल्लो समय रास्वपार्टी सहमति नजिक बालेन पुगेको चर्चा चले पनि उनले अहिलेसम्म मुख खोलेका छैनन् । मिडियासमेत फेस नगर्न उनको बानीका कारण अहिलेसम्म केही कुरा बाहिर आएको छैन ।

तर उता रास्वपाका नेताहरू भने बालेन्द्र र रवि एकताको एकदमै नजिक पुगिरहेको बताइरहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ४१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन