काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नगरसभामा व्यस्त छन् ।
रवि लामिछाने नेतृत्वको रास्वपासँग एकताको छलफल चलिरहँदा उनी शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनमा सहभागी छन्।
बुधबार बेलुकादेखि बिहीबारसम्ममा करिब ३० जना जेन-जी, नेता, र विभिन्न शक्तिसँग भेट गरेका उनी शुक्रबार नगरसभाको अधिवेशनमा व्यस्त भएका हुन् ।
वैकल्पिक शक्तिहरूको एकताको चर्चा चलाएर उनले आफ्नो टिमलाई खटाएर नगरसभाको अधिवेशनमा व्यस्त भएका हुन् ।
सचिवालयका अनुसार उनले नगरसभाको अधिवेशन सकिएलगत्तै राजनीतिक भेटघाटलाई गति दिने भएका छन् ।
उनले रास्वपा सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई भेट्न सक्ने छन् ।
‘नगरसभाको अधिवेशनपछि राजनीतिक भेटघाटमा सक्रिय हुने सम्भावाना छ’, बालेननिकट एक सदस्यले भने, ‘लामिछाने र घिसिङसहितसँग सम्भावित सहकार्यका विकल्प र शर्तबारे कुरा हुने सम्भावना छ ।’
पछिल्लो समय रास्वपार्टी सहमति नजिक बालेन पुगेको चर्चा चले पनि उनले अहिलेसम्म मुख खोलेका छैनन् । मिडियासमेत फेस नगर्न उनको बानीका कारण अहिलेसम्म केही कुरा बाहिर आएको छैन ।
तर उता रास्वपाका नेताहरू भने बालेन्द्र र रवि एकताको एकदमै नजिक पुगिरहेको बताइरहेका छन् ।













प्रतिक्रिया