काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न « Khabarhub

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ ।
 
शुक्रबार सम्पन्न नगरसभा बैठकमा ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ । 

१७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२–८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा रहेको महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जानकारी गराइन् । 

उनले चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिन् । 

खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको उपमेयर डंगोलले जानकारी दिइन् । क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी गराइन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको उनले बताइन् । उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जगेर्ना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन्  । 

सडक, ढल, पुल निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ४३ बजे

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट