स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें « Khabarhub

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले आज नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणी गर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा गहन जानकारी राख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता रहेको बताए । नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी जस्ता मुख्यधारका दलहरूले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताए ।

उनले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षित गर्न सबै दल लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ३१ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी