धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु « Khabarhub

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक ‘जिल्लाव्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगितामा ४१ वर्ष माथिका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

जिल्लाका छ समूह सहभागी प्रतियोगिताको पहिलो खेल आज ज्वालाभूमी युवा क्लब र लड्केश्वर युवा क्लबबीच भएको थियो । सो प्रतिस्पर्धामा ज्वालाभूमिलाई लड्केश्वर युवा क्लबले १८–२५ र २३–२५ को सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा शारदादेवी युवा क्बले रोशी युवा क्लबलाई २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगिताको समापन पुस १५ गते हुनेछ । समूह ‘क’ मा ज्वालाभूमि युवा क्लब, लड्केश्वर युवा क्लब र समूह ‘ख’ मा रोशी युवा क्लब, शारदादेवी युवा क्लब र न्यू गौखुरेश्वर युवा क्लब रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु २० हजार ५०५ नगद प्रदान गरिने जनाइएको छ ।

त्यसैगरी द्वितीय पुरस्कार रु १० हजार ५५५ र तेस्रो हुनेले रु पाँच हजार ५५५ ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्स, वेष्ट सटर, वेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडीसहितलाई पुरस्कार उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ को व्यवस्था गरिएको छ । प्रतियोगिताको नगर उपप्रमुख निराजन जङ्गमले उद्घाटन गर्दै खेल र स्वास्थ्यसँग राष्ट्र र नागरिकको भविष्य जोडिएकाले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ३५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको