बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का « Khabarhub

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् ।

यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

बुधबार स्थानीय बजारमा मासु ल्याउन गएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपराह्न मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ । मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : २२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा