समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा « Khabarhub

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन् । उनीहरू अनुभवका खानी र इतिहासका जीवित साक्षी पनि हुन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका १०८ वर्षीय भौना डगौरा यसको एउटा ज्वलन्त उदाहरण हुन् । विसं १९७४ मा जन्मिएका डगौराले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका धेरै उतारचढावलाई नजिकबाट नियालेका छन् ।

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले डगौराको घरमै पुगेर उनलाई सम्मान गरे । सम्मान प्राप्त गरेपछि उहाँ निकै उत्साहित दिखिन्थे । नगरपालिकाकै सबैभन्दा बढी उमेर पुगेका नागरिकका रूपमा सम्मानित हुन पाउँदा उहाँले ‘नगरमा जनप्रतिनिधि भएको अनुभूति’ भएको प्रतिक्रिया दिए ।

भौना डगौराको जीवनकथा सुन्दा कुनै ऐतिहासिक चलचित्रको वृत्तान्त सुनेझैँ लाग्छ । उनले देशमा राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा देखेका छन् ।

विशेषगरी, सहिद भीमदत्त पन्तले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा चलाएको किसान विद्रोहलाई उहाँले नजिकबाट नियालेका मात्र छैनन्, त्यसको पीडा र गर्वलाई पनि महसुस गरेका छन् । उनका आफ्नै जेठा दाजुले उक्त क्रान्तिमा होमिएर सहादत प्राप्त गरेका थिए । डगौरा भन्छन्, “सबैभन्दा राम्रो व्यवस्था लोकतन्त्र आएपछि हुन्छ भन्थे, अहिले आफ्नै आँगनमा सरकार आइपुग्दा खुसी लागेको छ ।”

एक सय आठ वर्षको उमेरमा पनि भौना डगौराको सक्रियता लोभलाग्दो छ । उनी अझै पनि ‘ठमठमी’ हिँडडुल गर्नुहुन्छ र नित्य कर्महरू आफैँ गर्छन । उनको यो दीर्घायु र स्वास्थ्यको पछाडि घरपरिवारको अथाह माया र स्नेह रहेको उनी स्वीर्काछन् ।

“घरपरिवारबाट निकै स्नेह पाइरहेकाले यति वर्षसम्म बाँच्न पाएकामा मलाई गर्व छ”, डगौराले मुस्कुराउँदै भने । ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्व सम्मान ग्रहण गर्ने क्रममा डगौराले समाजमा बढ्दै गएको तीतो अनुभव उपप्रमुख पन्तसमक्ष पोखे ।

उनले कतिपय परिवारले ज्येष्ठ नागरिकलाई बोझ ठानेर वृद्धाश्रममा पठाउने गरेकामा चिन्ता व्यक्त गरे । उनले सुझाव दिए, “ज्येष्ठ नागरिकलाई घरमै मायाका साथ राख्ने र उहाँहरूको सम्मान गर्ने व्यवस्था हुनुपर्छ ।”

नगर उपप्रमुख पन्तले डगौराका साथै नगरका अन्य दुई १०७ वर्षीय ज्येष्ठ नागरिक, नगरपालिकाको वडा नं ५ का कलावतीदेवी भट्ट र जयन्तीदेवी भट्टलाई पनि घरमै पुगेर सम्मान गरेका छन्। नगरपालिका ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सधैँ तत्पर रहने प्रतिबद्धता उनले गरे ।

“ज्येष्ठ नागरिकहरू ज्ञानका भण्डार हुन्”, उनले भने, “उहाँहरूले भोगेको समय र सङ्घर्षले नयाँ पुस्तालाई मार्गदर्शन गर्छ ।”

“भौना डगौराजस्ता व्यक्तित्वहरूलाई घरदैलोमै पुगेर सम्मान गर्नुले पुराना सङ्घर्ष र इतिहासको रक्षा हुन्छ”, नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले भने, “वृद्धवृद्धालाई सम्मान गर्ने संस्कारको विकास हुन्छ, राज्यको उपस्थितिः दुर्गमका ज्येष्ठ नागरिकले पनि राज्य मेरो साथमा छ भन्ने महसुस गर्छन् ।”

“समाजका ज्येष्ठ अभिभावकहरूको उचित हेरचाह र संरक्षण गर्नु नै सभ्य समाजको पहिचान हो”, उनले भने, “नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई लाभ पुग्नेगरी योजना तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आतुर छौँ ।”

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४६ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै