मोटो शरीर घटाएर कसरी फिट रहने ? यस्तो छ करिना कपुरको फिटनेस टिप्स « Khabarhub

मोटो शरीर घटाएर कसरी फिट रहने ? यस्तो छ करिना कपुरको फिटनेस टिप्स


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा मानिसहरू तौल घटाउन चाहन्छन् तर त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई लिएर धेरै मानिसहरू दुबिधामा पनि रहन्छन् ।

यदि तपाई पनि तौल घटाउन चाहनु हुन्छ तर तपाईँको दिमागमा केही कुरालाई लिएर प्रश्न उठ्छ भने करिना कपुर खानकी फिटनेस कोच तथा पोषण विशेषज्ञ रुजुता दिवेकरले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै तौल घटाउने सही उपाय के हो भनी हालै बताएकी छिन् ।

रुजुता भन्छिन् कि गलत तरिकाले छिटो तौल घटाउनुको सट्टा लामो समयसम्म तौल घटाउनु जरुरी छ, जसले तपाईँको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । फिटनेस कोच रुजुता दिवेकर अगाडि भन्छिन्, ‘यदि तपाईँको तौल स्थायी रूपमा घट्दैन भने यसले शरीरको काममा असर पार्न सक्छ। यस्तो अवस्थामा तपाईं स्वस्थ रहनुको सट्टा धेरै मेडिकल समस्या सामना गर्न सक्नुहुन्छ। त्यसैले, आफ्नो शरीरको लागि सही काम गर्नुहोस् र आफ्नो दिमागबाट कुनै पनि मूल्यमा वजन घटाउने विचार हटाउनु होस्।’

तौल घटाउनका लागि विशेषगरी डाइट प्लान र एक्सरसाइजको पालना गर्दा पनि तौल घट्न नसक्दा डिप्रेसनमा पर्ने र तौल घटाउन सर्टकट अपनाउने गरिएको बताउँदै रुजुताले भनिन, ‘तर, यसो गर्दा तपाईँलाई थप समस्या बढाउन सक्छ।’ उनका अनुसार यस्तो अवस्थामा तपाईँले पहिले मोटोपन र फिटनेस बीचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ।

साइजमा परिवर्तन:

रूजुताले भनिन् कि यदि तपाईँको आकार परिवर्तन भइरहेको छ। यसको मतलब यदि तपाईँको शरीरको आकार घट्दै छ भने तपाईँको मोटोपना घट्दै गएको बुझ्नुहोस्। तपाईँको तौलमा कुनै परिवर्तन नभए पनि यो बुझ्न सबैभन्दा जरूरी छ ।

आकारमा परिवर्तन:

तपाईँले आफ्नो साइजमा हुने परिवर्तनमा पनि ध्यान दिनुपर्छ। खासगरी कम्मरको साइजमा परिवर्तन आएको छ भने तपाईँको तौल घट्दै गएको बुझ्नुपर्छ । यसबाट तपाईँले बुझ्न सक्नुहुन्छ कि तपाईँको शरीरका अंग बीचको बोसो कम हुँदै छ, जुन एक स्वस्थ लक्षण हो।

क्षमतामा परिवर्तन:

यदि तपाईँको क्षमता बढ्दै छ भने तपाईँले आफ्नो तौललाई स्वस्थ तरिकाले नियन्त्रण गरिरहनु भएको छ भन्ने बुझ्नुहोस्। तपाईँको स्वास्थ्य र तन्दुरुस्तीले तपाईँको काम गर्ने क्षमता के हो भनेर बताउँछ। यदि तपाईँ धेरै सिडी चढ्नुभयो भने, यदि तपाईँ बच्चासँग शारीरिक गतिविधि गर्न वा अधिक व्यायाम गर्न सक्षम हुनुहुन्छ भने तपाईँको क्षमतामा सुधार भइरहेको छ।

यदि तपाईँ सही तरिकाले तौल घटाउन चाहनुहुन्छ वा आफूलाई फिट राख्न चाहनुहुन्छ भने यो सधैँ सल्लाह दिइन्छ कि यसका लागि तपाईँले एक पेशेवर वा फिटनेस कोचको मद्दत लिनुपर्छ, ताकि केही गलत भयो भने तपाईँ समस्यामा नपर्नु होस्। –न्युजकारखाना

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ०७ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय