अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी  « Khabarhub

अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी 


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ ।

ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो ।

शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू-भदै नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् ।

पोस्टमार्टम पछि मात्रै घटनाका तथ्यहरू खुल्ने डीएसपी भण्डारीले जानकारी दिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौँ त्यसपछि केही कुरा बाहिर आउला ।’

अछाममै पोस्टमार्टमको व्यवस्था भए पनि घटना गम्भीर भएकाले शव नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ।

उनीहरूको शव अलगअलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् ।

शव भेटिएको स्थानमा मरेको गोरु फालिएको थियो । त्यहाँ नै शव फाल्दा गन्ध गोरुको आउने र आशङ्का नहुने मनसाय देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पनि घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : १२ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी