किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ « Khabarhub

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका– ६ बस्ने १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– १ का १८ वर्षीय सुमन डगौरा र  १८ वर्षकै कुशल चौधरी रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो । 

उनका अनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको बताइएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी छन् ।

उनीहरू चारै जनाले २२ मङ्सिरमा किशोरीमाथि सामूहिक बलात्कार गरे पनि ढिलो गरी प्रहरीलाई खबर आएको बुझिएको छ। किशोरी मामाघर जाने क्रममा किशोरीमाथि बीचबाटोमै बलात्कार भएको बताइएको छ ।

उनीहरू विरूद्व जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : ०६ बजे

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार