सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक « Khabarhub

सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाबारे पुस्तक लेखेकी छन् ।

गिरिजाप्रसादकी छोरीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री कोइरालाले ‘म र सानोबुवा’ नामको पुस्तक लेखेकी हुन् ।

उनले उक्त पुस्तक गिरिजाप्रसादको स्मृति दिवसमा बिमोचन तयारी गरेकी छन् । ‘यो मेरो किताब हो । भर्खर सिध्याएँ । प्रुफ रिडिङ हुँदैछ,’ नेतृ कोइरालाले भनेकी छन्, ‘छिटोभन्दा छिटो गिरिजाबाबूको स्मृति दिवसमा यो निस्किने छ ।’

कोइरालाले पुस्तकमा आफूले कांग्रेसका पूर्वसभापति गिरिजाप्रसादको इतिहास नबिगारेर लेख्ने प्रयास गरेको पछि बताएकी छन् ।

‘यसमा कति कुरा छुटेको हुन सक्छ । कति कुरा तपाईंहरूलाई ठीक नलाग्न सक्छ,’ पुस्कत पढ्न आग्रह गर्दै कोइरालाले भनेकी छन्, ‘तर, भरसक मैले प्रयास गरेको छु, यसमा गिरिजाबाबुको इतिहासलाई नबिगारी लेख्ने प्रयास गरेको छु ।’

गिरिजाप्रसाद कोइरालाले तीन कार्यकाल कांग्रेसको नेतृत्व गरेका थिए । उनी २०५२ देखि ०५७ सालसम्म पहिलो कार्यकालका लागि कांग्रेसको सभापति बनेका थिए ।

गिरिजाप्रसादले ०५७ देखि ०६२ सम्म दोस्रो कार्यकाल र ०६२ देखि ०६६ सम्म तेस्रो कार्यकाल कांग्रेसको नेतृत्व गरेका थिए ।

उनी ५ पटक प्रधानमन्त्री पनि भए । ०४८ सालमा पहिलोपल्ट प्रधानमन्त्री बनेका उनले ०५४, ०५५, ०५६ र ०६३ मा सरकारको नेतृत्व गरे । ०६६ साल चैत ७ गते उनको निधन भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : २३ बजे

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा