पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक « Khabarhub

पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘थर्ममिटर’ पनि भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । स्वतन्त्र, व्यवसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकता माथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्न पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइन् । पत्रकारमाथि भौतिक सुरक्षा बढ्दै गएको अवस्थामा पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले पत्रकारले समाचार लेखेकै आधारमा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : ३३ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई