पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक « Khabarhub

पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘थर्ममिटर’ पनि भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । स्वतन्त्र, व्यवसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकता माथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्न पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइन् । पत्रकारमाथि भौतिक सुरक्षा बढ्दै गएको अवस्थामा पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले पत्रकारले समाचार लेखेकै आधारमा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : ३३ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी