प्रचण्ड र माबुहाङको संयोग - १२ वर्षमा खोलो फर्कियो | Khabarhub Khabarhub

प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – पूर्वी पहाडको भ्रमणमा निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा रहेको चोलुङ पार्क र युमा संग्रहालयको अवलोकन गरेका छन् ।

चोलुङ पार्कका परिकल्पनाकार एवं लालीगुराँस नगरपाकिलाका मेयर अर्जुनबाबु माबुहाङले माओवादी अध्यक्ष प्रचण्डलाई पार्कमा रहेका ऐतिहासिक सामग्रीहरु र लिम्बु समुदायका सांस्कृतिक पहिचानका विषयमा जानकारी गराए ।

नेकपा माओवादीका अध्यक्षमसमेत रहेका प्रचण्डले युमा संग्रहालयमा संग्रहित सामग्रीहरु महत्वपूर्ण रहेको भन्दै पार्क र संग्रहालय निर्माणमा योगदान गरेकोमा माबुहाङलाई धन्यवाद दिए ।

संयोग कस्तो परेको छ भने दोस्रो संविधानसभाको चुनावका बेला प्रचण्ड तेह्रथुमको जिरखिम्ती आएका बेला अर्जुनबाबु माबुहाङ प्रचण्डको हातबाट टीका र खादा लगाएर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

तर, आम निर्वाचनपछि उनी आफ्नै मातृ पार्टी नेपाली कांग्रेसमा फर्किए । ०७४ को स्थानीय चुनावमा उनी कांग्रेसका तर्फबाट लालीगुराँसको मेयरमा विजयी बने । ०७९ को चुनावमा माबुहाङ कांग्रेसबाट दोस्रोपटक मेयरमा निर्वाचित भए ।

भनिन्छ, १२ वर्षपछि खोलो फर्किन्छ । ११ वर्षअघि तेह्रथुममै प्रचण्डको हातबाट माला लगाएर प्रचण्डलाई आइतबार बसन्तपुर बजारमा अर्जुनबाबु माबुहाङले खादा र ढाकाटोपी लगाइदिए ।

पार्क र संग्रहालयको अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एक दशकअघिको घटना सम्झिए । ‘अर्जुन माबुहाङजी पहिले हामीसँगै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, तर यता (कांग्रेसमा) आएर पनि राम्रो गर्नुभएको छ, उहाँलाई बधाइ छ ।’

प्रचण्ड र वर्षमान पुनको टोली नेपाली सेनाको हेलिकोप्टरमा आइतबार बिहान बसन्तपुर बजार ओर्लिएको हो । त्यहाँबाट उनको टोली हेलिकोप्टरमै लसुने पुगेको छ ।

लसुनेमा ६ जना सहिद भएको स्थान धनरुपा स्मृति पार्क र सभाहलको शिलान्यास गरेर उनी आठराई जाने कार्यक्रम छ । आठराईमा पनि शालिक अनावरण लगायतका कार्यक्रमहरु रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : ४५ बजे

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी– गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी

माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले माइतीघर मण्डलामा विरोध

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र