प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो « Khabarhub

प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – पूर्वी पहाडको भ्रमणमा निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा रहेको चोलुङ पार्क र युमा संग्रहालयको अवलोकन गरेका छन् ।

चोलुङ पार्कका परिकल्पनाकार एवं लालीगुराँस नगरपाकिलाका मेयर अर्जुनबाबु माबुहाङले माओवादी अध्यक्ष प्रचण्डलाई पार्कमा रहेका ऐतिहासिक सामग्रीहरु र लिम्बु समुदायका सांस्कृतिक पहिचानका विषयमा जानकारी गराए ।

नेकपा माओवादीका अध्यक्षमसमेत रहेका प्रचण्डले युमा संग्रहालयमा संग्रहित सामग्रीहरु महत्वपूर्ण रहेको भन्दै पार्क र संग्रहालय निर्माणमा योगदान गरेकोमा माबुहाङलाई धन्यवाद दिए ।

संयोग कस्तो परेको छ भने दोस्रो संविधानसभाको चुनावका बेला प्रचण्ड तेह्रथुमको जिरखिम्ती आएका बेला अर्जुनबाबु माबुहाङ प्रचण्डको हातबाट टीका र खादा लगाएर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

तर, आम निर्वाचनपछि उनी आफ्नै मातृ पार्टी नेपाली कांग्रेसमा फर्किए । ०७४ को स्थानीय चुनावमा उनी कांग्रेसका तर्फबाट लालीगुराँसको मेयरमा विजयी बने । ०७९ को चुनावमा माबुहाङ कांग्रेसबाट दोस्रोपटक मेयरमा निर्वाचित भए ।

भनिन्छ, १२ वर्षपछि खोलो फर्किन्छ । ११ वर्षअघि तेह्रथुममै प्रचण्डको हातबाट माला लगाएर प्रचण्डलाई आइतबार बसन्तपुर बजारमा अर्जुनबाबु माबुहाङले खादा र ढाकाटोपी लगाइदिए ।

पार्क र संग्रहालयको अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एक दशकअघिको घटना सम्झिए । ‘अर्जुन माबुहाङजी पहिले हामीसँगै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, तर यता (कांग्रेसमा) आएर पनि राम्रो गर्नुभएको छ, उहाँलाई बधाइ छ ।’

प्रचण्ड र वर्षमान पुनको टोली नेपाली सेनाको हेलिकोप्टरमा आइतबार बिहान बसन्तपुर बजार ओर्लिएको हो । त्यहाँबाट उनको टोली हेलिकोप्टरमै लसुने पुगेको छ ।

लसुनेमा ६ जना सहिद भएको स्थान धनरुपा स्मृति पार्क र सभाहलको शिलान्यास गरेर उनी आठराई जाने कार्यक्रम छ । आठराईमा पनि शालिक अनावरण लगायतका कार्यक्रमहरु रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : ४५ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र