अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग « Khabarhub

अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  

ढकारी गाउँपालिका– ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् ।

आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम– १ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए । उनका अनुसार घटनाको छानविनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ ।

यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए ।

 उनीहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : १० बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई