काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)

घेरियो ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय



काठमाडौं- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाएसँगै तनाव पनि चुलिएको छ ।

गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन पनि बढेको हो ।

शनिबार मात्रै ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा कम्तीमा २४ जना घाइते भए । घाइतेहरूमा २० जना प्रहरी र चारजना केबलकारको विरोधमा उत्रिएका स्थानीय छन् । जसमध्ये केहीलाई गोलीसमेत लागेको छ ।

बल प्रयोग गरेर केबलकार निर्माण अघि बढाएसँगै विरोधमा रहेका समूहको आन्दोलन पनि चर्किँदै गएएको छ । शिलान्यासअघि र पछि ताप्लेजुङमा पटक पटक झडप भइसकेको छ। तनाव बढ्दै जाँदा हिंश्रक झडप पनि हुन थालेको छ ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच गत कात्तिक २३ गते शिलान्यासका क्रममा पनि झडप हुँदा कम्तीमा ५ जना घाइते भएका थिए। ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबलकार निर्माणको शिलान्यस गरिएपछि विरोधमा उभिएकाहरूको असन्तुष्टि पनि चुलिएको छ ।

अब ताप्लेजुङमा मात्रै सीमित आन्दोलन काठमाडौंमा पनि पसेको छ । सोमबार ताप्लेजुङमा केबलकार बन्न नहुने पक्षमा उभिएकाहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार काठमाडौंको कमलादीस्थित ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालयमा घेरेर प्रदर्शन गरेका छन् । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।

त्यसक्रममा केबलकार सञ्चालक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरे । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ ।

ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भएको थियो। प्रकृतिपूजक लिम्बूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ ।

त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन्।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४७ बजे

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं