प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन् « Khabarhub

प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन्


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई रुघाखोकी लागेर बालुवाटारमा आराम गरिरहँदा आईसीयूमा रहेको पुरानो फोटो भाइरल गर्ने गरिएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्
।

उनले बालुवाटारमा आराम गरेर बस्दा पनि आईसीयुमा रहँदाको फोटो सार्वजनिक गरेर भ्रम फैलाइएकोको बताए ।

‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलिक कमजोर बनाएको छ’, उनले भने, ‘तर हाँच्छ्यु गरेको देख्यो भने आईसीयू कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन, आईसीयूमा बसेको देखाउँछन् ।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाले मोर्चा र शक्ति बनाएँ भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूरा साथ पाएको बताए । उनले भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूरा साथ दिने स्पष्ट पारे ।

उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका धेरै काम दिने पनि बताउँदै सहमति भए छिट्टै संविधान संशोधन हुने उल्लेख गरे । यदि सहमति नभएमा केही समय लाग्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ०४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम