एन्फा महिला लिग फुटबलः आर्मीलाई हराउँदै पुलिस फाइनमा « Khabarhub

एन्फा महिला लिग फुटबलः आर्मीलाई हराउँदै पुलिस फाइनमा


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा खेल सकियपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल टाइब्रेकरमा पुगेको हो ।

पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले आर्मीको तीन पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् ।

टाइब्रेकरमा पुलिसका लागि गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए । सम्झना लावती, समीक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना रानामगरले बचाइन् ।

आर्मीका लागि अञ्जनाले मात्र गोल गरिन् । चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले रोकिन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । यससँगै पुलिसले एपिएफ क्लबसँग यही माघ १६ गते उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : २८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको