पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै « Khabarhub

पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।

‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्‌घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्‌घाटन गर्ने कार्यक्रम छ । संवाद सत्र भने दिउँसो एक बजेदेखि सुरु हुनेछ ।

संवाद सत्र हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी. लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो. उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्‌घाटन समारोहमा अनिल शाही र समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहने छ ।

उद्‌घाटन समारोह पछि दिउँसो १ बजेदेखि अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्ने छन् । यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित संवाद गर्ने छन् ।

आजै दिउँसो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पत्रकार भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।

फेस्टिभलमा देश विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : २१ बजे

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,