मलद्वारमा राखेर ल्याइयो चार किलो सुन, तीनजना भरिया र मालिकसमेत पक्राउ « Khabarhub

मलद्वारमा राखेर ल्याइयो चार किलो सुन, तीनजना भरिया र मालिकसमेत पक्राउ


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो अवैध सुनसहित चारजनालाई पक्राउ गरेको छ।

बुधबार राति ९ बजे फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।

उनीहरू भन्सार जाँच पास भइसकेपछि पनि बाहिर निस्किसकेका थिए । भन्सार जाँचपास गरिसकेपछि बाहिर निस्किएका उनीहरूलाई शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा मलद्वारमा सुन देखिएको थियो।

तीनजना महिलाले गालेको सुन डल्लो बनाएर मलद्वारमा हालेर ल्याएको विमानस्थल सुरक्षाप्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ परेका पुरूषको साथबाट केही बरामद नभएको राठौरले बताए । उनका अनुसार ती पुरुषले महिलाहरूलाई भरियाका रुपमा प्रयोग गरेर सुन ल्याएको आशंका गरिएको छ ।

उक्त सुनलाई उनीहरूले भारतको रुट हुँदै अन्य देशतिर पठाउन खोजेको अनुमान प्रहरीको छ । ती महिलाहरू पैसाको प्रलोभनमा परेर सुन मलद्वारमा हालेर आएका थिए । उनीहरूलाई ती पुरुषले नेपाल पनि घुमाइदिने लोभ देखाएर सुन बोकाउन लगाएको खुलेको छ ।

प्रहरीले अहिलेसम्मको अनुसन्धानका क्रममा उक्त सुन त्रुस्अनोभकै भएको खुलेको जनाएको छ। यस पटक सुन ल्याउने भरिया र मालिक दुवैलाई पक्राउ गर्न सफल भएको प्रहरीले उल्लेख गरेको छ।

पक्राउ परेका सबैजनालाई प्रहरीले विमानस्थल भन्सार कार्यालयमा बुझाउँदैछ । २०८० साउनमा ब्रेक प्याडमा लुकाएर ल्याएको करिब ६५ किलो सुन बरामद भएयता पहिलो पटक यति ठूलो परिमाणमा अवैध सुन बरामद भएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ४० बजे

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई