मलद्वारमा राखेर ल्याइयो चार किलो सुन, तीनजना भरिया र मालिकसमेत पक्राउ « Khabarhub

मलद्वारमा राखेर ल्याइयो चार किलो सुन, तीनजना भरिया र मालिकसमेत पक्राउ


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो अवैध सुनसहित चारजनालाई पक्राउ गरेको छ।

बुधबार राति ९ बजे फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।

उनीहरू भन्सार जाँच पास भइसकेपछि पनि बाहिर निस्किसकेका थिए । भन्सार जाँचपास गरिसकेपछि बाहिर निस्किएका उनीहरूलाई शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा मलद्वारमा सुन देखिएको थियो।

तीनजना महिलाले गालेको सुन डल्लो बनाएर मलद्वारमा हालेर ल्याएको विमानस्थल सुरक्षाप्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ परेका पुरूषको साथबाट केही बरामद नभएको राठौरले बताए । उनका अनुसार ती पुरुषले महिलाहरूलाई भरियाका रुपमा प्रयोग गरेर सुन ल्याएको आशंका गरिएको छ ।

उक्त सुनलाई उनीहरूले भारतको रुट हुँदै अन्य देशतिर पठाउन खोजेको अनुमान प्रहरीको छ । ती महिलाहरू पैसाको प्रलोभनमा परेर सुन मलद्वारमा हालेर आएका थिए । उनीहरूलाई ती पुरुषले नेपाल पनि घुमाइदिने लोभ देखाएर सुन बोकाउन लगाएको खुलेको छ ।

प्रहरीले अहिलेसम्मको अनुसन्धानका क्रममा उक्त सुन त्रुस्अनोभकै भएको खुलेको जनाएको छ। यस पटक सुन ल्याउने भरिया र मालिक दुवैलाई पक्राउ गर्न सफल भएको प्रहरीले उल्लेख गरेको छ।

पक्राउ परेका सबैजनालाई प्रहरीले विमानस्थल भन्सार कार्यालयमा बुझाउँदैछ । २०८० साउनमा ब्रेक प्याडमा लुकाएर ल्याएको करिब ६५ किलो सुन बरामद भएयता पहिलो पटक यति ठूलो परिमाणमा अवैध सुन बरामद भएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ४० बजे

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार