कुलमानको जवाफ- ऊर्जामन्त्री खड्का पूर्वाग्रही, मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन « Khabarhub

कुलमानको जवाफ- ऊर्जामन्त्री खड्का पूर्वाग्रही, मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पूर्वाग्रही बनेर स्पष्टीकरण सोधेको गुनासो गरेका छन् ।

मन्त्री खड्काको निर्णयअनुसार सोधिएको २४ घण्टे स्पष्टीकरणको बिहीबार जवाफ दिँदै उनले मन्त्रालयले स्पष्टीकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको उल्लेख गरेका छन् ।

मन्त्री खड्काको निर्णय भन्दै सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले स्पष्टीकरणको मागको प्रक्रियामै प्रश्न उठाएका हुन् ।

स्पष्टीकरण सोध्ने काम नै प्रक्रियागतरूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ घिसिङले दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले मंगलबार उनीसँग तेस्रो पटक स्पष्टीकरण सोधेको थियो । विगतमा २ पटक माग गरिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएकाले पदबाट किन नहटाउने भन्दै मंगलबार उनलाई स्पष्टीकरण सोधिएको थियो ।

त्यही स्पष्टीकरण पत्रको जवाफ दिँदै निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार नियक्ति भएको भन्दै आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको बताएका छन् ।

निर्देशक घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ के कारणले चित्तबुझ्दो भएन भन्ने विषयमा कुनै पुष्ट्याइँसमेत नगरिएको जवाफ पनि खड्कालाई दिएका छन् । उनले आफूमाथि लगाइएको आरोप मनोगत भएको जवाफ मन्त्रालयलाई दिएका हुन् ।

मन्त्रालयले के भनेको थियो ?

ऊर्जा मन्त्रालयले विगतका दुई स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएकोले तेस्रो स्पष्टीकरण सोधिएको जनाएको थियो। कुलमानलाई कुनै हालतमा हटाउने अडानमा रहेका ऊर्जामन्त्री खड्काले तेस्रो स्पष्टीकरण सोधेका थिए ।

‘तपाईंलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको प.सं. ०८१/०८२ च.नं. ४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईंले प.सं. ०८१।०८२ च.नं. ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?’, मन्त्रालयले भनेको थियो, ‘तपाईंले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमासमेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ ।’

कुलमान घिसिङलाई प्रबन्ध निर्देशकको पदबाट हटाउन यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी गरेका मन्त्री खड्का राज्यमन्त्री पूर्णबहादुर तामाङको आपत्तिका कारण पछि हटेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  २ : ०३ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता