दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा | Khabarhub Khabarhub

दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । गत माघभित्र ८८ वटा राजनीतिक दलले आयोगमा प्रतिवेदन बुझाएका छन् ।

आयोगमा हालसम्म ११५ दल दर्ता छन् । जसमा ८८ दलको लेखा परीक्षण प्रतिवेदन आयोगमा पुगेको हो ।

एमाले धनी

आयोगमा बुझाइएको विवरणअनुसार प्रमुख सत्तारुढ दल नेकपा (एमाले) सबैभन्दा धनी देखिएको छ ।

एमालेले आ.ब. २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ । जसमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च भएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

एमाले आफ्नो प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतका रुपमा सदस्यता शुल्कलाई उल्लेख गरेको छ। एमालेले गत आर्थिक वर्षमा सदस्यता शुल्कवापत ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको आयोजमा बुझाएको विवरणमा उल्लेख छ ।

घाटामा कांग्रेस

उता अर्को प्रमुख सत्तारुढ दल दल नेपाली कांग्रेस भने घाटामा रहेको विवरण लेखा परीक्ष प्रतिवेदनले देखाएको छ ।

कांग्रेसले गत आर्थिक वर्ष ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरिएको छ।

जसमा गत वर्ष कांग्रेसले ७ करोड ९९ लाख ९५ हजार ९९९ रुपैयाँ खर्च भएको जनाएको छ । जसअनुसार ४ करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ घाटा भएको पनि कांग्रेसले जनाएको छ ।

कांग्रेसले लेखा परीक्षण प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतलाई चन्दा भनेको छ । त्यस अवधिमा कांग्रेसले चन्दास्वरुप एक करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

माओवादीको पनि खर्च धेरै

उता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र पनि घाटामा देखिएको छ । उसको लेखा परीक्षण प्रतिवेदनअनुसार आम्दानीभन्दा खर्च धेरै पाइएको छ ।

गत आर्थिक वर्षमा माओवादीले एक करोड ८६ लाख ५२ हजार आम्दानी गरेको । तर त्यही अवधिमा माओवादीले खर्च भने दुई करोड २० लाख ७९ हजार गरेको छ ।

माओवादी केन्द्रको आम्दानीको मुख्य स्रोत सदस्यता, लेबी र नवीकरण शुल्क भनेर उल्लेख गरिएको छ । त्यस अवधिमा माओवादीले सदस्यता वितवरण, लेबी र नवीकरणबाट एक करोड ८३ लाख ३९ हजार आम्दानी गरेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

रास्वापालाई ठूलो घाटा

एक वर्षयता राष्ट्रिय स्वतन्त्र पार्टी तनावमा छ । उसका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेसँगै रास्वपाको सांगठनिक संरचना पनि सुस्ताएको छ ।

यस्तोमा रास्वपालाई उसको आर्थिक गतिविधिमा पनि असर परेको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

संसद्को चौथो ठूलो दलका रुपमा रहेको रास्वपा प्रमुख सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादीलाई भन्दा ठूलो घाटा देखिएको छ ।

रास्वपाले आ.ब. २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यही अवधिमा उसको खर्च ६ करोड ५० लाख १७ हजार ७८ रहेको आयोगमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाले आफ्नो आम्दानीका रुपमा मुख्य स्रोत लेबी, सदस्यता र नवीकरण शुल्कलाई उल्लेख गरेको छ । रास्वपाले गत वर्ष यी तीन शीर्षकमा दुई करोड ६१ लाख ५० हजार २५८ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : ०० बजे

उपप्रधानमन्त्री सिंहले थाले १४ वर्षदेखि अल्झिएको मुआब्जाको विषयमा छलफल

काठमाडौं– काठमाडौं उपत्यकामा सडक विस्तारमा परेका घर जग्गाको मुआब्जा दिने

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती