सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी  | Khabarhub Khabarhub

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले नेतृत्व गरेको मन्त्रालयले  किसानकै पक्षमा काम गरी रहेको बताएका छन् ।

युवा किसान सञ्जालले बिहीबार काठमाडौंमा आयोजना गरेको किसान सम्मान एवम् अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा भएका काम र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताए ।

‘कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ । कृषिमार्फत् हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदै छ,’ मन्त्री अधिकारीले भने, ‘ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसदमा पुग्दै छ ।’ 

कृषिमार्फत् गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्‍याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीको भनाइ छ । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्न लागिएको पनि उनले बताए । 

‘प्रधानमन्त्रीबाट परिचय पत्र वितरण सुरुवात गर्ने तयारी छ,’ मन्त्री अधिकारीले भने । कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै उनले भने, ‘कृषि र किसानको नाममा १ खर्व ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ, यसको उपलब्धि खोज्ने काम भएको छ ।’ 

मन्त्री अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ४ : ३१ बजे

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।