सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी  « Khabarhub

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले नेतृत्व गरेको मन्त्रालयले  किसानकै पक्षमा काम गरी रहेको बताएका छन् ।

युवा किसान सञ्जालले बिहीबार काठमाडौंमा आयोजना गरेको किसान सम्मान एवम् अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा भएका काम र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताए ।

‘कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ । कृषिमार्फत् हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदै छ,’ मन्त्री अधिकारीले भने, ‘ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसदमा पुग्दै छ ।’ 

कृषिमार्फत् गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्‍याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीको भनाइ छ । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्न लागिएको पनि उनले बताए । 

‘प्रधानमन्त्रीबाट परिचय पत्र वितरण सुरुवात गर्ने तयारी छ,’ मन्त्री अधिकारीले भने । कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै उनले भने, ‘कृषि र किसानको नाममा १ खर्व ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ, यसको उपलब्धि खोज्ने काम भएको छ ।’ 

मन्त्री अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ४ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका