आवासीय चिकित्सकहरूलाई सरकारी सरह सेवा सुविधा दिन केयुको परिपत्र  « Khabarhub

आवासीय चिकित्सकहरूलाई सरकारी सरह सेवा सुविधा दिन केयुको परिपत्र 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ विश्वविद्यालय (केयू)  ले आवासीय चिकित्सकहरूलाई  सरकारी चिकित्सक सरह सेवा सुविधा दिन पत्र पठाएको छ । 

काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका १० वटा निजी मेडिकल कलेजलाई परिपत्र गर्दै काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले स्वास्थ्य सेवाको आठौँ तह सरह निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो । 

यहि माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । 

सोही आधारमा आयोगले फागुन १३ गते काठमाडौँ विश्वविद्यालयलाई पत्राचार गरेर उक्त निर्णय कार्यान्वयन गराउन भनेको थियो । विश्वविद्यालयले सोही अनुसार निर्वाह भत्ता दिन निर्देशन दिएको हो । 

यसअघि शिक्षा र स्वास्थ्य मन्त्री निर्वाह भत्ता २० देखि ३५ हजार दिनुपर्ने भन्दै निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । त्यसपछि आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको माग बमोजिम निर्वाह भत्ता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । 

आयोगको बैठक बसेर सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : २५ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ