विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरू मिलेर काम गर्नुपर्ने बताएका छन् । 

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवा सुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए ।

उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरू मिलेको चर्चा गर्दै उनले विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राखे ।

 ‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुपर्‍यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरू मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले  नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरूलाई पनि मिलाएर सरकार बनेको बताए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यकताको प्राथमिककरणका आधारमा योजनाहरू बनाउने पनि बताए। 

संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले लामो संघर्षबाट प्राप्त अधिकारहरूलाई सुरक्षित गर्न आवश्यक कानुनहरू बनाउन सरकार लागिरहेको जानकारी दिए। अधिकार सँगसँगै जिम्मेवारी बिर्सन नहुनेमा पनि सिंहले बताए।

 उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित भइरहेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : २५ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को