आर्थिक वर्ष २०८२-०८३ को बजेट लेखन समिति गठन | Khabarhub Khabarhub

आर्थिक वर्ष २०८२-०८३ को बजेट लेखन समिति गठन


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२र०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । 

समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन्। सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् । 

बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरू कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णय बमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ । 

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गते सम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्ग दर्शन पठाउने व्यवस्था छ । 

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरूलाई उपलब्ध गराएको छ । 

राष्ट्रिय गौरवका आयोजनाहरू र मुख्य मुख्य आयोजनाहरूका लागि बजेट एयरमार्क गरी  पठाइएको छ । 

बजेट मार्ग दर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनाहरूलाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्ने लगायतका विषय समावेश छन् । 

त्यसैगरी आयोजनाहरू दोहोरो नपर्ने गरी आयोजना बैंकमा समावेश भएका प्रस्ताव मात्र समावेश गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : २२ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको