शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु, दुई पक्राउ « Khabarhub

शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु, दुई पक्राउ


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो ।

बुधबार दिउँसो जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भएको भनिएका युगबहादुरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भई केएमसी अस्पताल सिनामङ्गल काठमाडौंमा लगी उपचार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टीकाराज बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रनाउ काफ्लेले भने, “अस्पतालमा उपचार गराइरहेका युगबहादुरको आज बिहान ८ बजे मृत्यु भएको सूचना हामीले पायौँ ।” अनुसन्धानका क्रममा उपचारमा संलग्न चिकित्सकले योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न घ्याङलेख गाउँपालिका–४ का २५ वर्षीय बलबहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडाैंबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रनाउ काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु घरेलु बन्दुक लिइ सिकार खेल्न जङ्गल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौं ल्याइएको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ५० बजे

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना