द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा « Khabarhub

द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्रोही पक्ष र सरकारबीचमा भएको सम्झौताअनुसार द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन प्रतिबद्धता रहेको बताएका छन् ।  

जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले द्वन्द्वपीडितलाई न्याय दिलाउने विषयमा कुनै दुई मत नरहेको प्रस्ट पारे । 

‘विद्रोही पक्ष र सरकार पक्षबीचमा जो सात बुँदे सम्झौता भएको थियो, त्यसअनुसार द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको छ,’ उनले भने, ‘पीडितलाई न्याय दिने विषयमा हामीबीच कुनै मतभेद छैन । दुई मत छैन ।’ 

कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको भन्दै उनले संक्रमणकालीन न्याका लागि नै सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकिएको पनि बताए ।

‘सम्भवतः यी आयोगहरूले छिट्टै पूर्णता पाउने छन् । आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय दिलाउने नै छ,’ देउवाले भने ।  

उनले सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेका पनि बताए । ‘सरोकारवाला पक्षहरूसँग पनि छलफल र अन्तरक्रियाबाट सत्यनिरुपण हुने नै हो । यस विषयमा म सबै तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने, ‘चाँडै गठन हुने तयारीमा रहेका दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानवअधिकार समुदायको चिन्ता र चासो अवश्य सम्बोधन हुनेछ ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : १८ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा