द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा « Khabarhub

द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्रोही पक्ष र सरकारबीचमा भएको सम्झौताअनुसार द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन प्रतिबद्धता रहेको बताएका छन् ।  

जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले द्वन्द्वपीडितलाई न्याय दिलाउने विषयमा कुनै दुई मत नरहेको प्रस्ट पारे । 

‘विद्रोही पक्ष र सरकार पक्षबीचमा जो सात बुँदे सम्झौता भएको थियो, त्यसअनुसार द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको छ,’ उनले भने, ‘पीडितलाई न्याय दिने विषयमा हामीबीच कुनै मतभेद छैन । दुई मत छैन ।’ 

कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको भन्दै उनले संक्रमणकालीन न्याका लागि नै सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकिएको पनि बताए ।

‘सम्भवतः यी आयोगहरूले छिट्टै पूर्णता पाउने छन् । आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय दिलाउने नै छ,’ देउवाले भने ।  

उनले सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेका पनि बताए । ‘सरोकारवाला पक्षहरूसँग पनि छलफल र अन्तरक्रियाबाट सत्यनिरुपण हुने नै हो । यस विषयमा म सबै तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने, ‘चाँडै गठन हुने तयारीमा रहेका दुवै आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्ने सन्दर्भमा द्वन्द्वपीडित एवम् मानवअधिकार समुदायको चिन्ता र चासो अवश्य सम्बोधन हुनेछ ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : १८ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा