राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने « Khabarhub

राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने


१३ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाका लागि हुने आन्दोलन नछाड्ने भएको छ।

शुक्रबार राजधानीमा राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका विषयमा हुने प्रदर्शन र आन्दोलन छाडेको भनेर अफवाह फैलिएपछि प्रवक्ता मोहन श्रेष्ठले यस्तो भनेका हुन् ।

‘पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सन्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ’, श्रेष्ठले भने, ‘यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक छन् । राप्रपा उक्त कार्यको खण्डन गर्दछ । कोही भ्रममा नपर्न आग्रह गर्दछ ।’

राप्रपाले शुक्रबार तीनकुनेमा हुने प्रदर्शनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ दिन पार्टी पंक्ति जनसमुदायलाई पनि राप्रपा आग्रह गरेको छ।

राप्रपा समान विचार र उद्धेश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ६ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर