रसियन राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने, तयारी थालियो « Khabarhub

रसियन राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने, तयारी थालियो


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दक्षिणी छिमेकी भारत भ्रमणमा आउन तयार भएका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोले राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको तयारी थालिएको पुष्टि गरेका छन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोतर्फबाट दिइएको निम्तो स्वीकार गरेका छन् ।

रूसी विदेश मन्त्रीले बिहीबार पुटिनको भारत भ्रमणको तयारी सुरू भइसकेको पुष्टि गरेका छन् ।

सर्गेई लाभरोभले रसियन इन्टरनेशनल अफेयर्स काउन्सिल (आरआईएसी) कोतर्फबाट आयोजित ‘रूस र भारत : एक नयाँ द्विपक्षीय एजेनन्डातर्फ’ सम्मेलनलाई सम्बोधनका क्रममा पुटिनको भारत भ्रमणको जानकारी गराएका हुन् ।

रूसको समाचार एजेन्सी टीएएसएसले विदेश मन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘राष्ट्रपति पुटिनले भारत सरकारका प्रमुख (प्रधानमन्त्री नरेन्द्र मोदी) को तर्फबाट दिएको निमन्त्रणा स्वीकार गर्नुभएको छ। रूसी राष्ट्र प्रमुखको भारत गणराज्यको भ्रमण तयारी सुरू भइसकेको छ।’

तर, यी दुई देशले कुन महिना र दिनमा पुटिन भारत आउँछन् भन्ने केही खुलाएका छैनन् । युक्रेनसँगको युद्ध रोकिने दिशातिर अघि बढिरहेका बेला महत्त्वपूर्ण व्यापारिक साझेदार भारत यात्रामा पुटिन आउने निश्चित भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ३७ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका