रसियन राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने, तयारी थालियो « Khabarhub

रसियन राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने, तयारी थालियो


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दक्षिणी छिमेकी भारत भ्रमणमा आउन तयार भएका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोले राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको तयारी थालिएको पुष्टि गरेका छन् ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोतर्फबाट दिइएको निम्तो स्वीकार गरेका छन् ।

रूसी विदेश मन्त्रीले बिहीबार पुटिनको भारत भ्रमणको तयारी सुरू भइसकेको पुष्टि गरेका छन् ।

सर्गेई लाभरोभले रसियन इन्टरनेशनल अफेयर्स काउन्सिल (आरआईएसी) कोतर्फबाट आयोजित ‘रूस र भारत : एक नयाँ द्विपक्षीय एजेनन्डातर्फ’ सम्मेलनलाई सम्बोधनका क्रममा पुटिनको भारत भ्रमणको जानकारी गराएका हुन् ।

रूसको समाचार एजेन्सी टीएएसएसले विदेश मन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘राष्ट्रपति पुटिनले भारत सरकारका प्रमुख (प्रधानमन्त्री नरेन्द्र मोदी) को तर्फबाट दिएको निमन्त्रणा स्वीकार गर्नुभएको छ। रूसी राष्ट्र प्रमुखको भारत गणराज्यको भ्रमण तयारी सुरू भइसकेको छ।’

तर, यी दुई देशले कुन महिना र दिनमा पुटिन भारत आउँछन् भन्ने केही खुलाएका छैनन् । युक्रेनसँगको युद्ध रोकिने दिशातिर अघि बढिरहेका बेला महत्त्वपूर्ण व्यापारिक साझेदार भारत यात्रामा पुटिन आउने निश्चित भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ३७ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग