खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत छ : मुख्यमन्त्री सिंह « Khabarhub

खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत छ : मुख्यमन्त्री सिंह


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा खेलकुदको विकासका लागि आफ्नो सरकार प्रयासरत रहेको बताएका छन् ।

‘प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेको मधेस प्रदेश प्रहरीको क्रिकेट टोलीलाई आज जनकपुरधाममा आयोजित समारोहमा सम्मानका साथ प्रशंसापत्र प्रदान गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी दिए । प्रदेशका खेलाडीले क्रिकेट तथा फुटबल खेलमा प्राप्त गरेको सफलताको उनले प्रशंसा गरे ।

मधेस प्रदेश अहिले खेलकुदमा धेरै अगाडि बढेकाले आफ्नो सरकारले त्यसको विकास तथा प्रोत्साहनका लागि खेलडीलाई रोजगारी दिने तथा प्रदेशअन्तर्गतका खेलकुद रङ्गशालाको स्तरोन्नति गर्नतर्फ ध्यान दिएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित सो सम्मान समारोहमा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलाडीको बिमा गर्ने तथा मधेसमा हुने खेलकुद प्रतियोगितालाई संरक्षण गर्नतर्फ लागिपरेको बताए ।

सो अवसरमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरीले शान्तिसुरक्षाको सवालमा महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिँदै नेपाल प्रहरीले खेलकुदका साथै अनुशासन तथा सामाजिक कार्य गर्दैआएको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ८ : ३५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि