सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी « Khabarhub

सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी


१३ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘बी डिभिजन लिग फुटबल’ प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लब र भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयसम्म अग्रतामा रहेको भगवती अन्तिम समयमा गोल खान पुगेको हो ।

खेलको ३१औँ मिनेटमा भगवतीका विक्रान्त नरसिंह रानाले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका कृपाकान्त महतो थारूले गोल गर्नुका साथै खेललाई बराबरी गरे ।

खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अङ्क छ । वीरगञ्जको ३ खेलबाट ५ अङ्क रहेको छ ।

यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो ।

प्लानिङ ब्वाइजका लागि खेलको ३०औँ मिनेटमा विशाल दर्जीले गोल गरे । त्यसपछि खेलको ७७औँ मिनेटमा फागुराम थारूले गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । जितसँगै प्लानिङ ब्वाइज नौ अङ्क जोडेको छ । मध्यपुरले भने ३ खेलमा ४ अङ्क जोडेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियनबीच तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ९ : ३३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का