सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी « Khabarhub

सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘बी डिभिजन लिग फुटबल’ प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लब र भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयसम्म अग्रतामा रहेको भगवती अन्तिम समयमा गोल खान पुगेको हो ।

खेलको ३१औँ मिनेटमा भगवतीका विक्रान्त नरसिंह रानाले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका कृपाकान्त महतो थारूले गोल गर्नुका साथै खेललाई बराबरी गरे ।

खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अङ्क छ । वीरगञ्जको ३ खेलबाट ५ अङ्क रहेको छ ।

यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो ।

प्लानिङ ब्वाइजका लागि खेलको ३०औँ मिनेटमा विशाल दर्जीले गोल गरे । त्यसपछि खेलको ७७औँ मिनेटमा फागुराम थारूले गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । जितसँगै प्लानिङ ब्वाइज नौ अङ्क जोडेको छ । मध्यपुरले भने ३ खेलमा ४ अङ्क जोडेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियनबीच तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ९ : ३३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको