सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा क्यानाडामा ‘धेरै’ जनाको मृत्यु « Khabarhub

सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा क्यानाडामा ‘धेरै’ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाको भ्यान्कुभरमा आयोजित सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा ‘धेरै’ जनाको ज्यान गएको छ । भ्यान्कुभरमा फिलिपिनो समुदायले मनाउने लापु–लापु पर्वका अवसरमा आयोजित सडक महोत्सवमा सहभागीलाई लक्षित गरी चालकले सवारी जोतेका थिए ।

भ्यान्कुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा कति जनाको हताहती भएको भन्ने अझै विवरण दिइएको छैन ।

क्यानाडाको राज्यसञ्चालित प्रसारक संस्था सीबीएसका अनुसार सडक महोत्सवमा रमाइलो गरिरहेका बेला कालो एसयूभी मानिसहरुलाई लक्षित गरी दौडाएका थिए । प्रहरीका अनुसार उक्त सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भ्यान्कुभरकै स्थानीय ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । घटनाप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुःख व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । भ्यान्कुभर प्रहरीले घटनाबारे जानकारी हुनेलाई सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

क्यानाडामा सामेबार संघीय निर्वाचन आयोजना हुँदैछ । निर्वाचनअघि भएको यस घटनालाई निकै चासौपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ११ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट