सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी « Khabarhub

 सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका छन् ।  

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिटै ढल्दै छ भनेर जनतामा भ्रम छर्ने गरि प्रचण्डले दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका हुन् ।

राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरी कसैले पनि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए ।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे । त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए । 

उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको धारणा राखे । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ०१ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)