तितेकरेलामा भेटियो अत्यधिक मात्रामा विषादी  « Khabarhub

तितेकरेलामा भेटियो अत्यधिक मात्रामा विषादी 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको तितेकरेलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार चितवनबाट बिक्रीका लागि ल्याइएको करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी भेटिएको हो । 

आइतबार कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका १७ वटा तरकारीको विषादी परीक्षण गरिएकोमा तितेकरेलामा उक्त विषादीको मात्रा बढी भएको पाइएको समितिले जनाएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

सरकारले ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारीलाई उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशतसम्मको विषादी पाइएमा केही दिन भण्डारण गरेपछि मात्र उपभोग गर्न सकिने मापदण्ड तोकिएको छ। तर, ४५ प्रतिशतभन्दा बढी विषादी रहेको तरकारी उपभोगका लागि अयोग्य मानिन्छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : १४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच