क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो « Khabarhub

क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो– शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ । 

तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना इस्ट ४१ औँ एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेको थियो, जसमा हजारौँ मानिसको सहभागिता थियो ।

प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यस दुर्घटनामा एक बालक सहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनास्थलबाट ३० वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको छ ।

उनले नियतवश यस्तो गरेको हो वा अरु कारण थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ । भ्यानकुभरका मेयर केन सिम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो घटनाले फिलिपिनो समुदाय र भ्यानकुभर सहरको लागि गहिरो आघात हो।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ३० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका