विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहसम्म आपत्कालीन गोदामघर आवश्यक : गृहमन्त्री « Khabarhub

विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहसम्म आपत्कालीन गोदामघर आवश्यक : गृहमन्त्री


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।  

आइतबार काठमाडौंमा गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सम्बन्धी विषयमा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए । काठमाडौंमा बसेर नीति निर्माण गरे पनि त्यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै भएको उनले बताए ।

उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरू राख्नुपर्ने बताए ।

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।

उनले विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने धारणा राखे ।  

विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुनर्स्थापन महत्त्वपूर्ण विषय भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित हुनुपर्ने उनले बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ