कांग्रेस सांसद बजगाईंको आरोप- देशको पर्यटनक्षेत्र ठूला घोटालाले बदनाम भयो | Khabarhub Khabarhub

कांग्रेस सांसद बजगाईंको आरोप- देशको पर्यटनक्षेत्र ठूला घोटालाले बदनाम भयो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली पर्यटनक्षेत्र भ्रष्टक्षेत्रका रुपमा बदनाम भएको बताएका छन् ।

प्रतिनिधि सभामा आइतबार बोल्दै सांसद बजगाईंले पर्यटन क्षेत्रका विकृति ‘क्लिन’ गर्नुपर्ने बताएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा पहिलेदेखि नै ‘फेक रेस्क्यू’ घोटालाजस्ता घटनाले ठूलो बदनाम गराएको भन्दै उनले पर्यटन क्षेत्रमा उचित सुरक्षा मापदण्ड पालन नगरिएको बताए ।

सांसद बजगाईंले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउनका लागि ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न आवश्यक रहेको बताए ।

‘मन्त्रीहरू बारम्बार परिवर्तन भइरहने परिपाटीले पनि स्थायित्व र प्रतिबद्धता ल्याउन सकेको छैन, जतिबेला मन्त्रीले कुर्सी सम्हाल्छन्, उनीहरूले सही निर्णय लिन सक्ने हो वा फेरि शक्तिको दुरुपयोग र व्यक्तिगत सम्पत्ति वृद्धिमात्रै गर्ने हो भन्नेमा शङ्का रहिरहन्छ,’ सांसद बजगाईंले प्रतिनिधि सभाको बैठकमा भने ।

सांसद बजगाईंले नेपालको उड्डयन सुरक्षाको अवस्था अत्यन्तै कमजोर रहेको र सुधार आवश्यक रहेको विषय उठाए । उनले भने, ‘मैले धेरै अघिदेखि नै कुरा उठाउँदै आएको छु । नेपाल अझै पनि युरोपियन युनियन (ईयू) को कालो सूचीमा परेको छ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) ले लगातार निगरानी गरिरहेको अवस्था छ । हाम्रो हवाई सुरक्षा मापदण्ड निकै न्यूनस्तरमा रहेको तथ्य सबैलाई थाहा छ ।’

सांसद बजगाईंले नेपाली कांग्रेसका सभापतिसहित सांसद, परराष्ट्रमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री निवासमा विधेयक निर्माण गरिनुपर्ने र प्रतिनिधि सभाबाट पास गर्नुपर्ने विषय लिएर पुगेको बताए ।

प्रतिनिधि सभामा सांसद बजगाईंले प्रश्न गरे, ‘कानून निर्माणकर्ताहरूले किन विधेयक तयार पारिरहेका छैनन्, किन नागरिक उड्डयन अधिकारीहरू तथा सांसदहरूले यो विधेयक संसदबाट पारित गराउन पहल गरिरहेका छैनन् ?’

सांसद बजगाईंले नेपालको हवाई सुरक्षाको कमजोरीले हिमाल पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको बताए । तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘यो वर्ष सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरू आएका छन् र यदि तिनीहरूको सहयोगी समूह र भरिया समूहलाई समेत गणना गर्ने हो भने २,००० भन्दा बढी व्यक्तिहरू आरोहण टोलीका रूपमा रिपोर्ट हुनेछन् ।’

सांसद बजगाईंले पर्यटन मन्त्रालयसँग भविष्यमा सम्भावित विपद् व्यवस्थापनको कुनै योजना नरहेको बताए । उनले सरकारले सुरक्षित आरोहण मार्गसमेत पहिचान गर्न नसकेको आरोप लगाए ।

प्रतिनिधि सभामा प्रश्न गर्दै सांसद बजगाईंले भने, ‘कुनै नागरिक उड्डययन मन्त्री पदमा बाँच्छ यो देशमा भने, ऊ भ्रष्टाचारमा सम्मिलित छ । अन्यथा, मातहतको मन्त्रालयको भ्रष्टाचारमा ऊ किन राजीनामा दिँदैन ?’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५९ बजे

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको

आन्दोलन शिक्षकहरूको रहर होइन : पूर्व मुख्यमन्त्री राई

काठमाडौं – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले शिक्षकका जायज

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि