अर्थसंक्षेप : पोखरा विमानस्थलका ठेकेदारसँग कर छुट फिर्ता लिन तीन अर्ब रोक्का, नेप्सेमा केही सुधार र एमसीएसहितको पाँच अर्बभन्दा बढी बजेट अर्थमै फिर्ता | Khabarhub Khabarhub

अर्थसंक्षेप : पोखरा विमानस्थलका ठेकेदारसँग कर छुट फिर्ता लिन तीन अर्ब रोक्का, नेप्सेमा केही सुधार र एमसीएसहितको पाँच अर्बभन्दा बढी बजेट अर्थमै फिर्ता


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्रका चुनौती यथावत छन्, सङ्कटग्रस्त अवस्थामै छौँ : कामु गभर्नर ढुङ्गाना

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रूपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छन् ।

राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कामु गभर्नर ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गरिन् ।

बाह्य सूचकहरू सबल बन्दै गए पनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उनको भनाइ छ ।

‘उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्’, उनले भनिन् ।

एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने 

नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३८, जलविद्युत् एक दशमलव शून्य छ, लगानी एक दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २४ र व्यापार समूहको उपसूचक एक दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।

पोखरा विमानस्थलको चिनियाँ ठेकेदारसँग कर छुट रकम फिर्ता लिन तीन अर्ब रोक्का (पत्रसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ ठेकेदार कम्पनीको तीन अर्ब रुपैयाँ भुक्तानी रोकिरहेको छ ।

विमानस्थल निर्माण क्रममा सम्झौता विपरीत सरकारले चिनियाँ ठेकेदारलाई कर छुट दिएकोमा महालेखापरीक्षकको कार्यालयले बेरुजु औँल्याएपछि क्यानले सो बराबर रकम भुक्तानी रोकिदिएको हो ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा बनेको ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन, २०८१’ ले औँल्याएका विषयहरू यतिबेला चर्चामा छन् । यो प्रतिवेदनमा औपचारिक रूपमा सार्वजनिक नहुँदै बाहिरिएको हो ।

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको मूल सम्झौता विपरीत चाइना विमानस्थल निर्माण ठेकेदार सीएमसी इन्जिनियरिङ कम्पनीलाई दुई अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिइएको विषयलाई अनियमितता भनेर औँल्याएको छ । साथै, सो कर छुट दिइएको विषयमा सैद्धान्तिक आधार र औचित्य माग गर्दा अर्थ मन्त्रालयले जानकारी नदिएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

तर, क्यानले भने बेरुजु बापतको रकम फिर्ता गर्न भन्दै चिनियाँ कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम रोक्का गरेको कागजात खबरहबलाई प्राप्त भएको छ ।

लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

पोखरा एयरपोर्ट काण्ड – टिप्पणी गर्न मान्दैनन् समितिका पदाधिकारी

पाँच अर्बभन्दा बढी बजेट अर्थमै फिर्ता, ऊर्जा मन्त्रालय र एमसीए नेपालको सबैभन्दा बढी

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रुपैयाँ भन्दा बढी बजेट फिर्ता भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रूपमा विश्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ ।

अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ पाँच करोड ३४ लाख रुपैयाँ र पुँजीगततर्फ पाँच अर्ब तीन करोड ८१ लाख रुपैयाँ बराबर बजेट फिर्ता भएको छ ।

चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९५ लाख रुपैयाँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३९ लाख रुपैयाँ, निर्वाचन आयोगले दुई करोड ४२ लाख रुपैयाँ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक करोड ५८ लाख रुपैयाँ बजेट फिर्ता गरेको हो ।

पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई अर्ब ३५ करोड ३४ लाख रुपैयाँ फिर्ता गरेको छ । एमसीए–नेपालले दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिए ।

पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३६ करोड ७८ लाख रुपैयाँ, परराष्ट्र मन्त्रालयले ३० करोड रुपैयाँ र महालेखा परीक्षकको कार्यालयले एक करोड ६१ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : १६ बजे

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको

आन्दोलन शिक्षकहरूको रहर होइन : पूर्व मुख्यमन्त्री राई

काठमाडौं – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले शिक्षकका जायज

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि