राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति « Khabarhub

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ती गर्दै गत चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेको आरोपमा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही रिहा भएको भनि लिङ्देनले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘२०८२ वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले सम्मानित संसदमा आफ्नो मन्तव्यको क्रममा गत चैत्र १५ गते राप्रपा सहित राजावादीहरुद्वारा आयोजित विरोध कार्यक्रमको समयमा काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एक जना सह महामन्त्रीका छोरा समेत संलग्न भई प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाई गरिएको भनी दिनु भएको भ्रमपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ कांग्रेसको सञ्चार तथा प्रचार विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै कांग्रेसले संसदमा आधारहीन कुराहरु प्रस्तुत गर्नु भन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउन तर्फ विशेष ध्यानदिन लिङ्दनेलाई आग्रह गरेको छ । राजनीतिक अभिष्ट पुरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद समेतको गरिमालाई ध्यानमा राख्न समेत उनलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ११ : ०६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका