राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति « Khabarhub

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ती गर्दै गत चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेको आरोपमा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही रिहा भएको भनि लिङ्देनले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘२०८२ वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले सम्मानित संसदमा आफ्नो मन्तव्यको क्रममा गत चैत्र १५ गते राप्रपा सहित राजावादीहरुद्वारा आयोजित विरोध कार्यक्रमको समयमा काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एक जना सह महामन्त्रीका छोरा समेत संलग्न भई प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाई गरिएको भनी दिनु भएको भ्रमपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ कांग्रेसको सञ्चार तथा प्रचार विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै कांग्रेसले संसदमा आधारहीन कुराहरु प्रस्तुत गर्नु भन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउन तर्फ विशेष ध्यानदिन लिङ्दनेलाई आग्रह गरेको छ । राजनीतिक अभिष्ट पुरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद समेतको गरिमालाई ध्यानमा राख्न समेत उनलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ११ : ०६ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा